काठमाडौं– विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र फेरि कोरोना संक्रमित भएका छन्।
आफूलाई कोरोना संक्रमण भएकोबारे मिश्रले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन्।
उनलाई यसअघि ६ महिना पहिले पनि कोरोना संक्रमण भएको थियो। यसपटक लक्षणहरू पहिलो पटकजस्तो कडा नभएको उनले बताएका छन्।
‘थोरै ज्वरो, कम्मर दुखाई र घाँटीमा समस्या छ। घरमै आराम गर्दैछु। हिजो त मैले कसैलाई भेटिनँ। त्यसअघिका २ दिनमा मसँग भेट्नु भएका साथीहरूलाई विचार पुर्याउन आग्रह गर्दछु’, मिश्रले लेखेका छन्।
४ साउन २०७९, बुधबार ०९:५१ मा प्रकाशित