काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ। मंगलबार पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो।
मुख्यमन्त्री पोखरेल आइतबारदेखि नै अस्वस्थ थिए। रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो। सोमबार बिहानबाट हल्का ज्वरो आएपछि उनले चिकित्सकसँग परामर्श लिएका थिए।
मुख्यमन्त्री पोखरेललाई अहिले पनि हल्का ज्वरो आइरहेको छ। तर, अक्सिजनको मात्रा र छातीको अवस्था भने सामान्य रहेको चिकित्सकले जनाएका छन्।
बुधबार उनको थप स्वास्थ्य परीक्षण गर्ने तयारी हुँदै छ।
४ साउन २०७९, बुधबार ०७:४३ मा प्रकाशित