१० मंसिर २०७९, शनिबार
काठमाडौंमा एकैदिन १९०८ सवारी साधनमाथि कारबाही, यस्तो गल्ती गरेका थिए
  • मध्यमार्ग

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौंमा उपत्यकामा एकैदिन एक हजार ९०८ सवारी सधानलाई कारबाही गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार ती सवारी साधनललाई कारबाही गरेको हो।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ प्रयोग गरि चलाएका १३२, लेन अनुशासन पालना नगर्ने ७६, ट्राफिक बत्ती पालना नगर्ने ७३ सवारी साधनलाई कारबाही गरिएको हो।

यस्तै, नम्बर प्लेट मेटिएका, नदेखिएका लगायतका २५ र अन्य १६०२ गरि जम्मा १९०८ सवारी साधनलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ।

  • २ साउन २०७९, सोमबार ०७:०७ मा प्रकाशित
  • Nabintech