९ असाेज २०७९, आईतबार
पोखरामा एनआईसी एसिया बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ
  • मध्यमार्ग

काठमाडौं– एनआईसी एसिया बैंकको एटीएम मेसिन फोड्न खोज्ने एक व्यक्ति पोखरामा पक्राउ परेका छन्।

पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फोड्न खोज्ने रुकुम स्थायी घर भई पोखरा–९ पृथ्वीचोक बस्ने १९ वर्षीय नरेश पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो। उनले असार ३१ गते राति उक्त एटीएम मेसिन फोड्न खोजेका थिए।

मगरलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

  • २ साउन २०७९, सोमबार ०६:४५ मा प्रकाशित
  • Nabintech