२० असाेज २०७९, बिहीबार
महाशिवरात्रिको अघिल्लो साँझ गुल्जार पाशुपत क्षेत्र [तस्बिरहरू]
  • मध्यमार्ग

महाशिवरात्रीको अघिल्लो दिन पशुपति क्षेत्रमा भक्तजनहरुको चहलपहल बढेको छ। अघिपछिभन्दा भक्तजन र ‘साधुसन्त तथा बाबा’हरुको उपस्थिति बढेको छ।

शिवरात्रिको अवसरमा नेपालसहित भारत र श्रीलंकाबाटसमेत ‘साधुसन्त तथा बाबा’हरुको उपस्थिति हुने गरेको छ। यस वर्ष ‘साधु सन्त’का लागि धुनी जगाउन गुठी संस्थानले पाशुपत क्षेत्रको निर्मल, भष्मेश्वर, राम मन्दिर, श्री गोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायतका क्षेत्रमा ३३ हजार किलो दाउराको व्यवस्था गरेको छ।

यसैगरी, नागा बाबाका लागि भने पशुपतिनाथको मुल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिने संस्थानले जनाइएको छ। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहज दर्शनका लागि व्यवस्थापन चुस्त बनाएको जनाएको छ।

यो वर्ष १० लाख दर्शनार्थीहरुले शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ।

  • १६ फागुन २०७८, सोमबार २१:३१ मा प्रकाशित
  • Nabintech