९ असाेज २०७९, आईतबार
पुरानो रोधीको झल्को दिने पछ्यौरीको छेउ [भिडियोसहित]
  • मध्यमार्ग

काठमाडौं– गाउँघरतिर धेरै पहिलादेखि गाउँदै नाच्दै आएको रोधी गीतको झल्को दिने गरि यमन खनालको नयाँ गीत ‘पछ्यौरीको छेउ, रोधीमा लाहुरे भाग १’ बजारमा आयको छ।

भारतीय सेनामा कार्यरत एक नेपाली युवा लाहुरे छुट्टीमा घर फर्कँदा बाटोमा रात परेपछि बास मागेको कथावस्तुमा आधारित उक्त गीतलाई यमन खनाल, मानसिंह खड्का, माया दर्नाल र लक्ष्मी खड्काले गाएका छन्।

गीतमा ‘हिन्दा हिन्दै पर्‍यो नि साँझ त,यतै बस्नु पर्ने भो आज त, न त सुत्न न एक गाँस दिन, चिनजान छैन सक्दिनँ बास दिन’ जस्ता रमाइला टुक्काहरु सुन्न सकिन्छ।

गीतो भिडियोमा तेजेन्द्र शमशेर पाण्डेय र अन्जु गुरुङले मूख्य अभिनय गरेका छन्। भिडियोको निर्देशन दिलकुमार बिकले गरेका हुन्।

छायांकन मरुभुमी नारायणले गरेका हुन् भने भने दृश्य सम्पादन रोसन धितालले गरेका छन्। यमलाल आचार्यको शब्द रहेको गीतमा लय तथा म्युजिक एरेन्ज यमन खनालले गरेका छन्।

  • ३२ असार २०७९, शनिबार १६:०९ मा प्रकाशित
  • Nabintech