९ असाेज २०७९, आईतबार
भगिरथ र सुनिताको ‘झमझम झम्काना’ ट्रेन्डिङको एक नम्बरमा कायमै
  • मध्यमार्ग

काठमाडौं– गायक भगिरथ चलाउने र सुनिता बुढाको स्वर रहेको तीज गीत ‘झमझम झम्काना’ युट्युब ट्रेन्डिङको एक नम्बरमा कायमै रहेको छ।

सार्वजनिक हुने बित्तिकै निकै रुचाइएको यो गीत पछिल्लो केही दिन यता युट्युब ट्रेन्डिङको एक नम्बरमा छ।

यो समाचार तयार पार्दासम्म गीतको भिडियोलाई युट्युबमा १४ लाख ४९ हजार बढी पटक हेरिसकिएको छ। गीतको शब्द बोमबहादुर गाहा मगरले लेखेका हुन्। लय गायक चलाउनेकै रहेको छ।

प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा गायक भागीरथ र गीता ढुंगाना फिचर्ड छन्। गीतलाई सामाजिक सञ्जाल टिकटकमा पनि निकै रुचाइएको छ। यसको एक लाख भन्दा धेरै टिकटक भिडियो बनाइएका छ्न्।

भगिरथका यसअघिका थुप्रै गीत यसरी नै लोकप्रिय भएका थिए।

  • ३० असार २०७९, बिहीबार १०:२७ मा प्रकाशित
  • Nabintech