२० असाेज २०७९, बिहीबार
काठमाडौंको एउटा घरमा चितुवा पस्यो, पाँच जना घाइते
  • मध्यमार्ग

काठमाडौं– काठमाडौंको एक घरमा चितुवा पसेर आक्रमण गरेको छ। चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन्।

नागार्जुन नगरपालिका– ८, भीमढुंगा हर्सनखोलामा गएराति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले मध्यमार्गलाई जानकारी दिए।

स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेर उनीहरूलाई आक्रमण गरेको हो। घाइते पाँचै जनाको शरीरका विभिन्न अंगमा चितुवाले चिथोरेको छ।

घाइतेहरूको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

  • ३० असार २०७९, बिहीबार ०७:३९ मा प्रकाशित
  • Nabintech