९ असाेज २०७९, आईतबार
आइसीएलको टाइसिट सार्वजनिक, कुन समूहमा को परे?
  • मध्यमार्ग

इन्डोर कर्पोरेट लिग (आइसीएल)को टाइसिट सार्वजनिक भएको छ। नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा बुधबारदेखि काठमाडौंमा सुरु हुने आइसीएलको सोमबार टाइसीट सार्वजनिक भएको हो।

आठ बैंकसहित १६ वटा टोलीको सहभागी हुने प्रतियोगिता लिग कम नकआउट पद्दतिमा खेलाइने टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले जानकारी दिए। सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरेर खेलाइनेछ। पहिलो चरणपछि विजेता र उपविजेताले क्वार्टरफाइनलमा स्थान बनाउने छन्।

यस्तै, कर्पोरेट हाउसले बनाएको टोली वा खेलाडीको विषयमा प्रोटेस्ट गर्न चाहे १० हजार रूपैयाँ शुल्क लाग्ने र सावित भए त्यो फिर्ता हुने गुप्ताले बताए। कसैको दाबी विरोध सावित भए सम्बन्धित टोली प्रतियोगिताबाट स्वतः बाहिरिने उनले बताए।

प्रतियोगिता सुरु हुनअघि नै १० जना खेलाडीको नामावली सम्बन्धित कर्पोरेट हाउसको लेटर प्याडमा बुझाउनु पर्ने आयोजकले बताएको छ। प्रतियोगितामा ८ जनाको टोली हुने र इन्डोर क्रिकेटको नियमअनुसार खेलाइने आयोजकले बताएको छ।

प्रतियोगितामा समूह ए बाट खल्ती, एनएमबी बैंक, सनराईज बैंक, नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेटमेन्ट प्रालि सहभागी हुने छन्। त्यसैगरी समूह बी बाट माछापुच्छ्रे बैंक, सेन्चुरी बैंक, नेपाल टेलिकम, नेपाल टुरिजम बोर्डको सहभागिता रहनेछन्।

नेपाल एसबी आई बैंक, क्लाउड फ्क्याट्री, कामना सेवा विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स समूह सी बाट सहभागी हुनेछन् भने समूह डी मा एनआईसी एसिया बैंक, सूर्य नेपाल, सुबिसु, मेगा बैंक सहभागी हुनेछन्।

प्रतियोगिताको विजेता र उप–विजेताले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले बताएको छ।

  • १६ फागुन २०७८, सोमबार २०:४० मा प्रकाशित
  • Nabintech