२० असाेज २०७९, बिहीबार
प्रहरीका ३६ जना डीएसपी एसपी बढुवाका लागि सिफारिस [सूचीसहित]
  • मध्यमार्ग

काठमाडौं- नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी उपरीक्षकमा रिक्त ३६ पदमा बढुवा सिफारिस गरिएको छ।

बढुवा समितिको बुधबार बसेको बैठकले ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

बढुवा सिफारिस हुनेहरुमा ६ साउन २०७०, ५ मंसिर २०७१ र ११ फागुन २०७१ मा इन्स्पेक्टरबाट डीएसपी बढुवा भएका अधिकृतहरु रहेका छन्।

बढुवा सिफारिसको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय डडेलधुरा दरबन्दी भएका डीएसपी देबेन्द्र बहादुर पाल रहेका छन्। त्यस्तै, दोस्रोमा सिताराम रिजाल र तेस्रोमा भीमकीरण बोगटी रहेका छन्।

३६औं नम्बरमा प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत मोहन कुमार थापा छन्।

  • २९ असार २०७९, बुधबार २१:२१ मा प्रकाशित
  • Nabintech