काठमाडौं– भारतको गोवामा बसेर व्यवसाय र कलाकारिता गरिरहेका पुरन वियोग र प्रिती स्वर्णकारको संयुक्त निर्देशनमा म्युजिक भिडियो तन–मन सार्वजनिक भएको छ।
उक्त गीतलाई मौलिक श्रीषले लखेका हुन् भने मौलिकसँगै भीष्मा श्रीषले आवाज दिएकी छ्न्। गीतमा राजकुमार बगरको संगीत रहेको छ।

हालै सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा पुरन र प्रितीसँगै बिरु पुन र काव्या ओली, फिरोज खान लगायतको अभिनय रहेको छ। भिडियोमा गोवा क्षेत्रका सुन्दर दृश्य कैद गरिएका छन्।
छायांकन र सम्पादनको काम सुधिर गवासले गरेका छन्।

२६ असार २०७९, आईतबार ०८:५९ मा प्रकाशित