२४ माघ २०७९, मंगलबार
काठमाडौं उपत्यकामा २७ जनामा देखियो हैजा, दुई जना पाँच वर्ष मुनिका बालबालिका
  • मध्यमार्ग

काठमाडौं– काठमाडौं उपत्यकामा अहिलेसम्म २७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यीमध्ये दुई जना पाँच वर्ष मुनिका बालबालिका छन्।

जसमध्ये १० जनाको केस स्टूल कल्चर गरी, १२ केस आरडिटी र पाँच जनाको केस ह्याङिङ ड्रप गरी पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सुरूमा असार २ गते काठमाडौंको बागबजार बस्ने एकै परिवारका दुई जनामा हैजा पुष्टि भएको थियो। त्यसको भोलिपल्टै ललितपुरको सानेपामा पनि देखिएको थियो।

असार ५ गते डिल्लीबजारमा चौंथो केस देखिएको थियो। असार ६ गते बूढानीलकण्ठ-१० कपनका एक जनामा र असार ७ गते काठमाडौं-१६ बोहराटारमा पनि हैजा देखिएको थियो।

हैजा लागेकामध्ये २४ जनाले स्वास्थ्यलाभ गरिसकेका छन् भने तीन जना अस्पतालमा उपचाररत छन्।

  • २६ असार २०७९, आईतबार ०८:२५ मा प्रकाशित
  • Nabintech