९ असाेज २०७९, आईतबार
कवि संगीत स्रोताले यौन दुर्व्यवहार गरे: लेखक सरिता तिवारी
  • मध्यमार्ग

काठमाडौं– लेखक तथा स्तम्भकार सरिता तिवारीले आफूमाथि कवि संगती स्रोताले यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छन्।

तिवारीले शनिबार साँझ फेसबुक लाइभमार्फत्  स्रोताले आफूमाथि यौन दुर्व्यवहार भएको जानकारी दिएकी हुन्।

यसअघि विभिन्न सञ्चारमाध्यममा तिवारीमाथिको यौन दुर्व्यवहारको घटना बाहिर आए पनि उनको ‍‍औपचारिक प्रतिक्रिया आइसकेको थिएन। तर, चौतर्फी रुपमा चासो बढेपछि भने सरिताले आफूमाथि दुर्व्यवहार भएको आफैं फेसबुक लाइभमार्फत् सार्वजनिक खुलासा गरेकी हुन्।

त्यस क्रममा उनले संलग्न व्यक्तिहरुका बारेमा पनि भनेकी छन्।

संगीत स्रोता।

उनले आफ्नो कविता संग्रह ‘प्रश्नहरूको कारखाना’ को सम्पादनको क्रममा २०७२ सालमा संगीतले यौन दुर्व्यवहार गरेको उल्लेख गरेकी छन्।

दुर्व्यवहारका कारण आफू तनाव र ट्रमामा रहेर यतिन्जेलसम्म झेल्नुपरेको सरिताले उल्लेख गरेकी छन्।

पीडित तिवारीले फेसबुक लाभइमा आएर आफैं सार्वजनिक भएर घटनाबारे बताएपछि उनको नाम र तस्बिर खुलाएका हौं । -सम्पादक

  • २५ असार २०७९, शनिबार २२:०३ मा प्रकाशित
  • Nabintech