१७ असाेज २०७९, सोमबार
प्रहरीका ३२ एसपी एसएसपीका लागि बढुवा सिफारिस [सूचीसहित]
  • मध्यमार्ग

काठमाडौं– नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा समितिको शनिबार बसेको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो। जसमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालका एसपी गणेश चन्द बढुवा सिफारिसको पहिलो नम्बरमा परेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत सिद्धिविक्रम शाह दोस्रो, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनमा कार्यरत सुशिलसिंह राठौर तेस्रो, प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्सालमा कार्यरत उमाप्रसाद चतुरबेदी चौंथो नम्बरमा बढुवा सिफारिस भएका छन्।

यसैगरी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका दानबहादुर कार्की, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा मानवस्रोत व्यवस्थापन महाशाखाका डा. मनोजकुमार केसी, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका राजन अधिकारी, लागूऔषध नियन्त्रण ब्यूरोका जीवनकुमार श्रेष्ठ पनि बढुवामा सिफारिस भएका छन्।

यस्तो छ बढुवा सिफारिसको सूची :

  • २५ असार २०७९, शनिबार १८:२४ मा प्रकाशित
  • Nabintech