काठमाडौँ- जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा शहरमा आयोजित एक चुनावी कार्यक्रममा गोली लागेर बेहोस भएका छन् ।
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा सहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका हुन् ।
समाचार एजेन्सी एनएचकेका अनुसार आबेलाई पछाडिबाट गोली लागेको थियो र भाषण गर्दागर्दै ढलेका थिए । उनलाई रगताम्मे अवस्थामा देखिएको थियो । उनका आक्रमणकारी हिरासतमा रहेको बताइन्छ ।
टोकियोका पूर्व गभर्नर योइची मासुजोएले एक ट्वीटमा आबे ‘कार्डियोपल्मोनरी अरेस्ट’ को अवस्थामा रहेको बताएका छन् । –एनएचके
२४ असार २०७९, शुक्रबार १०:४१ मा प्रकाशित