९ असाेज २०७९, आईतबार
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबोमाथि गोली प्रहार
  • मध्यमार्ग

काठमाडौं– जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमािथ गोली प्रहार भएको छ ।

पश्चिमी जापानको नारा सहरमा भाषण दिने क्रममा ढलेका थिए । उनको शरीरबाट रगत बगिरहेपछि अस्पताल लगिएको रोयटर्सले जनाएको छ ।

उनी ढल्नुअघि बन्दुक चलाएको आरोपमा एक जनालाई पक्राउ गरिएको बताइएको छ ।

घटनाबारे अनुसन्धान सुरु गरिएको बताइएको छ ।

स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको भएको। गोली प्रहारमा संलग्न रहेको आरोपमा एक जना पुरूषलाई पक्राउ गरी हिरासतमा राखिएको रोयटर्सले लेखेको छ।

आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ। उक्त चुनावी अभियानको कार्यक्रममा आबेले सम्बोधन गरिरहेका थिए। आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री थिए।

  • २४ असार २०७९, शुक्रबार ०९:४९ मा प्रकाशित
  • Nabintech