९ असाेज २०७९, आईतबार
दुई वर्षपछि प्रियंकाको ‘कमब्याक’
  • मध्यमार्ग

काठमाडौं- नायिका प्रियंका कार्की दुई वर्षपछि फिल्मको सेटमा फर्किएकी छन्। लामो समयपछि सेटमा फर्किदा पनि आफूले कहिल्यै सेट नछाडेको जस्तो महसुस भएको उनले बताएकी छन्।

बिहीबार सामाजिक सञ्जालमा सुटिङका तस्बिर पोस्ट गर्दै प्रियंकाले लेखेकी छन्, ‘दुई वर्षपछि फिल्म सेटमा फर्किएँ। यो मैले कहिल्यै नछाडेको जस्तो लाग्यो।’

यसबीचमा सन्तानको योजना बनेपछि प्रियंका फिल्म र म्युजिक भिडियोमा देखिएकी थिइनन्। उनकी छोरी जन्मिसकेकी छन्।

तस्बिरमा उनी अभिनेत्री श्रृष्टि श्रेष्ठसँग देखिएकी छन्। प्रियंका र श्रृष्टिले फिल्म ‘द सेक्रेट्स अफ राधा’को प्रमोसन गीत ‘राधा पियारी’को सुटिङ गरेका हुन्।

भदौ १० मा रिलिज हुने फिल्मको गीतको सुटिङ पशुपति मन्दिर परिसरमा भएको थियो।

  • २४ असार २०७९, शुक्रबार ०८:२६ मा प्रकाशित
  • Nabintech