९ असाेज २०७९, आईतबार
सवारी साधनमा लेखिएका अश्लिल सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी
  • मध्यमार्ग

काठमाडौं– सवारी साधनमा लेखिएका अश्लिल सायरी र गजल हटाउँदै ट्राफिक प्रहरीले हटाउन थालेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै डीआईजी मीरा चौधरीले समाजलाई अपाच्य हुने खालका अश्लिल सायरी, गजल हटाउन निर्देशन दिएलगत्तै हटाउन सुरु गरिएको हो।
सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरित तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाई लेखहरूलाई हटाउने वा मेटन लगाउने अभियान सञ्चालन गरेको छ।
सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाएको हो।
नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाईने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याईएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
अश्लिल लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिक खलल, हिंसा र विकृत्ति बढाएको र सडक सभ्यतामा पनि आँच र्पुयाएकोले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको हो।
त्यसैगरी सवारीको सिसामा स्टिँकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसुचित गरेको छ।
ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामाग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ।

  • २३ असार २०७९, बिहीबार १२:४५ मा प्रकाशित
  • Nabintech