२० असाेज २०७९, बिहीबार
सरकारको नीतिगत सहजीकरणले सिमेन्ट उद्योगमा अतुलनीय प्रगति भयो : चन्द्र ढकाल
  • मध्यमार्ग

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत सहजीकरण गर्दा सिमेन्ट उद्योगले छोटो समयमै अतुलनीय प्रगति गर्न सफल भएको बताएका छन्।

नेपाल सिमेन्ट उत्पादक संघद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले बीस वर्ष पहिले नेपाल सरकारले सिमेन्ट उद्योगलाई प्रवर्द्धन गर्न बनाएको नीति नियमले अहिले सिमेन्ट उद्योग आत्मनिर्भर मात्र नभई निर्यात गर्ने अवस्थामा पुगेको बताए।

उनले सिमेन्ट उद्योग जस्तै अन्य व्यवसायलाई पनि सहजीकरण गर्न सरकारी नीति नियमहरु समयानुकूल परिमार्जित गर्न आवश्यक रहेको उल्लेख गरे।

‘हामीले हाम्रा नीति नियमहरु समयानुकूल परिमार्जन र परिस्कृत गर्न आवश्यक छ। बीस वर्ष पहिला नेपाल सरकारले सिमेन्ट व्यवसायीहरुलाई नीतिगत रुपमा गरेको सानो सहयोगले अहिले हाम्रो सिमेन्ट उद्योग आत्मनिर्भर मात्र होइन निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ’, ढकालले भने।

उनले सरकारका तर्फबाट सिमेन्ट उद्योगलाई प्रवर्द्धन गर्न नीतिगतरुपमा थप सहजीकरण गर्न सके सिमेन्ट निर्यातको सम्भावना धेरै रहेको समेत बताए।

अहिले आयात प्रतिस्थापन गर्न, ब्यालेन्स लेन्स अफ पेमेन्टलाई ब्यालेन्स गर्न पनि तदअनुरुपका नीति नियम जरुरी रहेको उनको भनाइ छ।

  • १६ फागुन २०७८, सोमबार २०:३२ मा प्रकाशित
  • Nabintech