९ असाेज २०७९, आईतबार
प्रीतीकाको कविताले घन्कियो सर्वनाम
  • मध्यमार्ग

काठमाडौं–
म आगो खाएर आगोमा हिँडेको मान्छे हुँ
मसँग लाभाको कुरा गर
आऊ म आगो हुँ
जल्ने सर्तमा मात्र आऊ
खरानी हुने सर्तमा मात्र आऊ।

असारको महिना रोपाइँको समय हो।असारे गीतले गाँउका पाखाहरु घन्किने समय हो। यही छेको पारेर काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा कवि प्रीतिका खत्रीको कविताहरु गुञ्जिए। कविताले घन्कियो थिएटरको प्रेक्ष्यालय।

करिब डेढ दर्जन कविता वाचन भएको कवितामा कविले देशको माटो, झण्डा, इतिहासका पात्र विसे नर्गची, प्रेमिल कविता झरि लगायत पस्किइन्। कवि बाबु त्रिपाठीले सहजीकरण गरेको कार्यक्रममा कवि प्रज्ज्वल अधिकारी र रावतले समेत एक/एक कविता वाचनमा साथ दिए।

करिब एक घण्टा चलेको कार्यक्रममा कविताप्रेमी दर्शक मात्र होइन साहित्यिक मुर्धन्य सष्ट्रा समेतको उपस्थिति थियो। पहिलो पटक एकल वाचनमा उपस्थित भएकी कवि खत्रीले दर्शक/श्रोताको उत्साहजनक सहभागिताले ऊर्जा र चुनौती थपेको बताइन्।

आफूले आगामी दिनमा आफ्नो रचना तथा लेखनमा अझ निखार ल्याउने बताइन्। तीन चरणमा गरिएको वाचन कार्यक्रममा प्रत्येक एक चरणमा ५ कविताहरु वाचन गरिएको थियो। कार्यक्रम जरुवा नेपालको आयोजनामा भएको हो।

  • २३ असार २०७९, बिहीबार ११:३६ मा प्रकाशित
  • Nabintech