काठमाडौं– सिभिल बैंक लिमिटेडले पोखराको लेकसाइडमा नयाँ एटीएम संचालनमा ल्याएको छ। उक्त एटीएमको बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले उद्घाटन गरे।
उक्त समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ बिजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला बहादूर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो।
हालसम्म ९२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ८८ अर्ब कर्जा लगानी गरिसकेकोे छ। सिभिल बैंकको यस एटीएमसहित एटीएम संख्या ९९ पुगेको छ।
२२ असार २०७९, बुधबार २१:२४ मा प्रकाशित