९ असाेज २०७९, आईतबार
यति एअरलाइन्सको ‘इनफ्लाइट इन्टरटेन्मेन्ट’ सेवा
  • मध्यमार्ग

काठमाडौं- यति एअरलाइन्सले ‘इनफ्लाइट इन्टरटेन्मेन्ट’सेवा सुरु गर्ने भएको छ। कम्पनीले आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्न गरी आन्तरिक उडानमा यो मनोरञ्जन सेवा सुरु गर्न लागेको हो।

यसबारे जानकारी दिँदै एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउने बताए।

‘अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउनु हुनेछ। इनफ्लाइट मनोरञ्जनका लागि वायुयानभित्र हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गीत-संगीत, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरु राखिनेछ। विश्वस्त छौं, यती एयरलाइन्ससँग अबको यात्रा झनै रमाइलो हुनेछ,’ उनले भने।

यस सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्री मात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन सपिङ्ग गर्न मिल्ने लगायत अन्य सुविधाहरु समेत प्रदान गरिनेछ।

यस्तो योजना बनाएको कम्पनीले यथाशीघ्र इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्नेगरी आवश्यक तयारी र परिक्षण भइरहेको बताएको छ। परीक्षणपछि यति एअरलाइन्सको सम्पूर्ण वायु सेवाहरुमा यो सुबिधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

  • २२ असार २०७९, बुधबार २१:२२ मा प्रकाशित
  • Nabintech