९ असाेज २०७९, आईतबार
बीगमार्टमा स्मार्ट क्यूआरमार्फत् स्क्यान गर्दा २५०० सम्मको छुट
  • मध्यमार्ग

काठमाडौं- आइएमई पे र एससीटीद्वारा संचालित स्मार्ट क्यूआरबीच साझेदारी सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एपमार्फत् स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट (अधिकतम ३०० रूपैयाँसम्म) पाउन सकिनेछ।

यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको कम्पनीहरूले जनाएका छन्।

साझेदारी अवधिभर निश्चित नियम र सर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५ प्रतिशत छुट (अधिकतम ३०० रूपैयाँसम्म) प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेनमा प्रयोगकर्ताले जम्मा रकम २५०० रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

  • २२ असार २०७९, बुधबार २१:१७ मा प्रकाशित
  • Nabintech