९ असाेज २०७९, आईतबार
शिवम् सिमेन्टस्‌ले भुक्तानी गर्‍यो मृत्युदाबीको पाँच लाख रकम
  • मध्यमार्ग

काठमाडौं- शिवम् सिमेन्टस्‌ प्रालिले देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट मागदाबी भए अनुसार पाँच लाख बराबरको मृत्यु बिमासहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको छ।

यसअघि दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुको जोखिमलाई मध्यनजर कम्पनीले देशका ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा बढी सुरक्षाकर्मीहरुको ५ लाख बराबरको जोखिम बीमासहित निर्माण सम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रम संचालन गरेको थियो।

सोही कार्यक्रममा सहभागी निर्माणकर्मी मध्येबाट पर्न आएको दुर्घटना बीमा मागदाबी वापतको रकम हस्तान्तरण गरिएको हो।

सिमेन्टले विभिन्न चरणमा आफ्नो विक्री क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा, सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, म्याग्दी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगायतका जिल्लाहरुका निर्माणकर्मीहरूका लागि पाँच लाख बराबरको जोखिम बीमा गराएको छ।

  • २२ असार २०७९, बुधबार २१:०८ मा प्रकाशित
  • Nabintech