९ असाेज २०७९, आईतबार
के-के छन् सरकारका निर्णय [सूचीसहित]
  • मध्यमार्ग

काठमाडौं– सरकारले विभूषण समितिको सदस्यमा संगीतकार शम्भुजीत बास्कोटलाई नियुक्त गरेको छ। वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर बास्कोटालाई नियुक्त गरिएको हो।

अन्य सदस्य भने यथावत राखिएको छ। बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट प्राप्त हुने ५९.६ मिलियन एसडीआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको पनि बताए।

त्यस्तै, नेपाल प्रहरीको क्षमता विकाससहितको साइबर ब्यूरो स्थापनाका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने अमेरिकी डलर ८ मिलियन अनुदान सहायता स्वीकार गर्ने सरकारले निर्णय गरेको छ।

यस्ता छन् निर्णयहरू :

  • २२ असार २०७९, बुधबार २१:०५ मा प्रकाशित
  • Nabintech