९ असाेज २०७९, आईतबार
अर्थमन्त्री शर्माले दिए राजीनामा
  • मध्यमार्ग

काठमाडौं- आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा विवादित बनेका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा घोषणा गरेका छन्।

बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन्।

उनले आफूले गल्ती नगरेको तर, छानबिनका लागि मार्गप्रशस्त गर्दै राजीनामा दिएको बताए।

यसअघि बुधबारकै प्रतिनिधि सभा बैठकले अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो।

यो पनि पढ्नुहोस् :

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाइने

विवादित बनेका अर्थमन्त्रीमाथि राजीनामाको चर्को दबाब थियो। सत्तारूढ दलकै सांसदले समेत उनको राजीनामा माग गरेका थिए।

बुधबारको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्ष एमालेका सांसदहरूले अर्थमन्त्रीले राजीनामा नदिई छानबिन अघि बढ्न नसक्ने बताएका थिए।

  • २२ असार २०७९, बुधबार १६:३४ मा प्रकाशित
  • Nabintech