९ असाेज २०७९, आईतबार
सरकारले भन्यो– एमसीसी अनुमोदनमा सहयोग गर्ने सभामुख र दलहरूलाई धन्यवाद
  • मध्यमार्ग

सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गराउन सहयोग गरेको भन्दै सभामुख र राजनीतिक दलहरूलाई धन्यवाद दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एमसीसी अनुमोदनका लागि वातावरण सहज बनाउने सभामुख अग्निप्रसाद सापकोटा, सत्ता गठबन्धनमा आवद्ध दल, प्रमुख प्रतिपक्ष एमाले र अन्य दलहरूलाई पनि धन्यवाद दिने निर्णय गरेको हो।

‘साथै, यस क्रममा प्राप्त सहयोग र सद्‍भावप्रति सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, नागरिक समाज, सञ्चार जगत, बुद्धिजीवी, उद्योगी व्यवसायी सबैमा नेपाल सरकार हार्दिक धन्यवाद व्यक्त गर्दछ’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिअनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिवद्ध रहेको पनि दोहोर्‍याइएको छ।

नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तरार्ष्ट्रिय संघ संस्थाहरुप्रति पनि सरकारले आभार व्यक्त गरेको छ।

  • १६ फागुन २०७८, सोमबार २०:०४ मा प्रकाशित
  • Nabintech