काठमाडौं- बजेटका विषयमा विवादित बनेका अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति बनेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा समितिको औपचारिक घोषणा गरेका हुन्।
संसदीय छानबिन समितिमा संसद्को सबभन्दा ठूलो दल नेकपा एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना सांसद रहेका छन्।
यो पनि पढ्नुहोस् :
अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति, कुन दलबाट कति सांसद?
यस्तै, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक-एक जना सांसद रहेका छन्।
समितिलाई १० दिनभित्र प्रतिनिधिसभामा प्रतिवेदन पेस गर्ने समयसीमा दिइएको छ।
यी हुन् समितिमा रहेका सांसदहरू :
खगराज अधिकारी
प्रदीप ज्ञवाली
भानुभक्त ढकाल
विमला बिक
पुष्पा भुसाल गौतम
सरला कुमारी यादव
देवप्रसाद गुरुङ
शक्तिबहादुर बस्नेत
सिताराम महतो
लक्ष्मणलाल कर्ण
सुरेन्द्र प्रसाद यादव
२२ असार २०७९, बुधबार १६:१२ मा प्रकाशित