२० असाेज २०७९, बिहीबार
अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति, कुन दलबाट कति सांसद?
  • मध्यमार्ग

File Photo

काठमाडौं- बजेटका विषयमा विवादित बनेका अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बन्ने भएको छ।

संसदीय छानबिन समितिमा संसद्को सबभन्दा ठूलो दल नेकपा एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना सांसद रहनेछन्।

यो पनि पढ्नुहोस्

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाइने

यस्तै, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक-एक जना सांसद रहने बताइएको छ। समितिमा कुन सांसद बस्ने भन्ने दलहरूले नाम दिइसकेका छैनन्।

दलहरुले सभामुख अग्निप्रसाद सापकोटालाई नाम दिएपछि अब बस्ने संसद् बैठकमा समितिको औपचारिक घोषणा हुनेछ।

  • २२ असार २०७९, बुधबार १५:४४ मा प्रकाशित
  • Nabintech