९ असाेज २०७९, आईतबार
अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाइने
  • मध्यमार्ग

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समिति बननाइने भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बुधबार भएको छलफलमा दलहरुबीच संसदीय समिति गठनको सहमति जुटेको हो ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानबिनको माग गर्दै आएको थियो ।

बजेट निर्माणका क्रममा जेठ १४ गते राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति छिराएको भन्दै शर्मा आलोचनाको घेराबन्दीमा परेका थिए।

त्यसपछि मन्त्रालयमा अनधिकृत व्यक्ति छिराएको सीसीटीभी भिडयो माग गरिएको थियो। तर, अर्थले सीसीटीभी फुटेज १३ दिनमै डिलिट भइसकेको जवाफ दिएको थियो।

कानुनअनुसार सरकारी तथा सार्वजनिक स्थानमा जडान गरिएको सीसीटीभी फुटेजको दृश्य तीन महिनासम्म हटाउन पाइँदैन। तर, शर्माले १३ दिनमै फुटेज हटेको जवाफ दिएपछि उनको झन् चर्को आलोचना भएको छ।

सत्तारूढ दलभित्र शर्माले राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ। उनले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवामाथि कांग्रेस नेताहरूको दबाब छ।

  • २२ असार २०७९, बुधबार १५:३२ मा प्रकाशित
  • Nabintech