९ असाेज २०७९, आईतबार
सन्दीप लामिछानेले श्रीलंकाको टी-२० फ्रेञ्चाइज लिग खेल्ने
  • मध्यमार्ग

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको टी-२० फ्रेञ्चाइज लिग लंका प्रिमियर लिग (एलपीएल) खेल्ने भएका छन्।

उनले डम्बुल्ला जायन्ट्सबाट एलपीएल खेल्ने भएका हुन्। मंगलबार भएको ड्राफ्टमार्फत सन्दीपलाई दम्बुला जाइन्ट्सले टिममा आबद्ध गरेको हो।

अन्तर्राष्ट्रिय डाइमन्ड ए श्रेणीमा रहेका सन्दीपलाई ४० हजार अमेरिकी डलरमा जाइन्ट्सले आफ्नो टिममा आबद्ध गरेको हो।

सन्दीप रहेको टोलीमा अस्ट्रेलियाका डार्सी सर्ट, श्रीलंका कप्तान दासुन सनका, भानुका राजपक्षलगायतका खेलाडी अनुबन्ध भएका छन्।

अक्सनमा १८० विदेशीसहित ३५३ खेलाडी छन्। एलपीएलमा पाँच फ्रेन्चाइजी टोली छन्। प्रतियोगिता २०२२ जुलाई ३१ जुलाई देखि २१ अगस्टसम्म श्रीलंकामा हुनेछ।

गत वर्ष पनि सन्दीप ड्राफ्टमा परेका थिए। तर, उनी छनोट हुन सकेका थिएनन्। आयोजक श्रीलंका क्रिकेटले यस सिजनका लागि ड्राफ्टमा परेका खेलाडीको नाम सार्वजनिक गर्दै सन्दीपको नाम पनि समावेश गरेको जनाएको थियो।

  • २२ असार २०७९, बुधबार ०६:२७ मा प्रकाशित
  • Nabintech