९ असाेज २०७९, आईतबार
स्थानीय तहको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस
  • मध्यमार्ग

न्याय परिषद्‌ले स्थानीय तहको निर्वाचनका लागि खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको छ।

आयोगको आग्रहअनुसार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको परिषद्को बैठकले ४६७ जनाको नाम सिफारिस गरेको हो।

जिल्ला न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृतका रुपमा खटाउने परम्पराअनुसार उनीहरुको नाम सिफारिस गरिएको न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताए।

परिषद्‌ले ९२ जिल्ला न्यायाधीश, न्यायसमूहका १७९, कानुन समूहका ४९ र सरकारी वकिल समूहका १४७ जना उपसचिवलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको छ।

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी निर्वाचन आयोगले तीव्र पारेको छ। एकै चरणमा हुने लागेको निर्वाचनमा उनीहरुलाई खटाइने छ।

  • १६ फागुन २०७८, सोमबार २०:०० मा प्रकाशित
  • Nabintech