२० असाेज २०७९, बिहीबार
लागूऔषध ‌कारोबारमा संलग्न रहेको आरोपमा बालगुङमा तीन जना पक्राउ, ठूलो परिणाममा लागूऔषध बरामद
  • मध्यमार्ग

काठमाडौं– प्रहरीले बागलुङमा ठूलो परिमाणको लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाल्पाको साविक मदनपोखरा गाविस– ७ का ४५ वर्षका कृष्ण प्रसाद पुरी, गुल्मीको मुसिकोट नगरपालिका–५ का  ३८ वर्षीय सुरथ बहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका–६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङको लमही नगरपालिका– ७ का २५ वर्षीय शोसन चौधरी रहेका छन्।

सोमबार दिउँसो बुटवलबाट बागलुङतर्फ छुटेको लु २ ख ५३१६ नम्बरको बसमा लागूऔषधको ओसारपसार भएको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कबाट उक्त लागू औषध बरामद गरेको हो।

बसको यात्रु आवतजावत गर्ने गल्लीमा रहेको कम्ब्याट रङको पछाडी भिर्ने झोलामा कागज र खैरो रङको प्लाष्टिक टेपले बेरिरहेको अवस्थामा फेनार्गन ९०५ एम्पुल, डाईजेपाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुल गरी २७४६ एम्पुल लागूऔषध बरामद गरिएको बागलुङ प्रहरीका डीएसपी इन्द्र रानाले बताए।

पक्राउ परेका तीनै जनालाई बागलुङ जिल्ला अदालतबाट २० दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • २१ असार २०७९, मंगलबार ०८:४२ मा प्रकाशित
  • Nabintech