९ असाेज २०७९, आईतबार
सिन्धुपाल्चोकमा युवती बलात्कार गरेर भागेका तीन जना काठमाडौंबाट पक्राउ
  • मध्यमार्ग

काठमाडौं– सिन्धुपाल्चोकमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा काठमाडौंबाट तीन जना युवा पक्राउ परेका छन्।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेस्थित सुकुटे बिच एडभेन्चर क्याम्प रिसोर्टमा यही असार १८ गते एक  युवती बलात्कृत भएकी थिइन्।

सुकुटे बिच रिसोर्टमा टेन्ट हालेर सुतेकी २६ वर्षीया ती युवतीलाई असार १८ गते बिहान करिब ३ बजेतिर बलात्कार गरेको प्रहरीले बताएको छ। पीडितको उजुरीपछि आरोपीको खोजीमा रहेको प्रहरीले उनीहरूलाई आइतबार राति साढे ९ बजेतिर काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकीका १८ वर्षीय प्रिन्स थापा, १८ वर्षीय रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्री रहेका छन्। यीमध्ये थापा र कार्कीले मतियारका रूपमा काम गरेको र क्षेत्रीले ती युवतीमाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षकुमार बस्नेतले बताए।

उनीहरुविरुद्ध सोमबार सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप लिइ अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए।

  • २० असार २०७९, सोमबार २२:०६ मा प्रकाशित
  • Nabintech