१७ असाेज २०७९, सोमबार
१७ डीआईजीको पदस्थापन, को कहाँ परे? [सूचीसहित]
  • मध्यमार्ग

काठमाडौं– नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूकफ पदस्थापना भएको छ। प्रहरी प्रधान कार्यालयले बढुवा भएका १७ डीआईजीहरूको पदस्थापन गरेको छ।

गृहमन्त्रीस्तरको असार १९ को निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका १७ जनाको पदस्थापन गरिएको हो। उनीहरुलाई आइतबार नै प्रहरी महानिरीक्षक (आईजी) धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

पहिलो नम्बरका वसन्त कुँवरलाई कार्य विभाग र दोस्रो नम्बरका टेकप्रसाद राईलाई आईजीपी सचिवालयमा पदस्थापन गरिएको छ।

तेस्रो नम्बरमा अशोक सिंहले विषेश ब्यूरो, चौंथो नम्बरका दीपक थापा प्रशासन विभाग र पाचौँ नम्बरका श्यामलाल ज्ञवालीले साइबर ब्यूरोमा जिम्मेवारी पाएका छन्।

प्रदेश-१ मा सुदीप गिरी, बागमती प्रदेशमा किरण बज्राचार्य, गण्डकी प्रदेशमा रामदत्त जोशी र कर्णाली प्रदेशमा पोषराज पोखरेलको पदस्थापन भएको छ। दुर्गा सिंहले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को जिम्मा पाउँदा टेकबहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ।

हेर्नुहोस् सूची :

  • १९ असार २०७९, आईतबार २२:५५ मा प्रकाशित
  • Nabintech