काठमाडौँ । पछिल्लो निरन्तर घटेको शेयर बजारमा साताको पहिलो दिन आइतबार उछाल आएको छ ।
आजको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५७.६५ अंकले बढ्दै २०८६.४२ बिन्दुमा उक्लेको छ ।
त्यस्तै, आइतबार करिब सबै समूहहरुले कमाएका छन् । कारोबार रकम पनि वृद्धि भएको छ ।
विभिन्न कम्पनीका ६२ लाख २७ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड बराबरको कारोबार भएको छ ।
१९ असार २०७९, आईतबार १५:१५ मा प्रकाशित