९ असाेज २०७९, आईतबार
विनोद शाही घटना : किटानी जाहेरी परेकी मेयर चलाउने प्रहरी कार्यालय उपस्थित
  • मध्यमार्ग

काठमाडौं– अछामको पञ्चदेवल विनायक–४ का १५ वर्षीय विनोद शाहीको हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेकी मेयर अम्बिका चलाउने प्रहरी कार्यालय उपस्थित भएकी छन्।

आइतबार चलाउनेसहित अर्का एक आरोपी जिल्ला प्रहरी कार्यालय अछाममा उपस्थित भएका हुन्।
अछाम प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले मेयर चलाउनेसहित एक जना प्रहरी कार्यालयमा उपस्थित भएको जानकारी दिए। अहिले उनीहरुसँग सोधपुछ र अनुसन्धानको काम भइरहेको डाँगीले जानकारी दिए।
पीडित पक्षले केही दिन पहिला मेयर चलाउनेविरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले मेयरसहितका आरोपीलाई खोजिरहेको थियो। यसबीचमा चार जना आरोपी पक्राउ परिसकेका छन्।
मेयर चलाउने भने आइतबार आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी हुन्। अहिले उनीहरूमाथि सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
जेठ १७ गतेदेखि वेपत्ता शाहीको शव गाउँकै भिरमा जेठ २१ गते भेटिएको थियो। शाहीको हत्या भएको भन्दै आफन्तले सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन्। घटनापछि केहीदिन अछाम तनाबग्रस्त बनेको थियो।

 

  • १९ असार २०७९, आईतबार १५:१३ मा प्रकाशित
  • Nabintech