२० असाेज २०७९, बिहीबार
केएमसी स्कुलको होस्टेलकी कर्मचारी मृत भेटिइन्
  • मध्यमार्ग

प्रतिकात्मक तस्वीर।

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको गर्ल होस्टेलकी एक कर्मचारी मृत भेटिएकी छन्।

मृत फेला पर्नेमा स्कुलकी कर्मचारी काभ्रेको तेमालकी २१ वर्षीय रमा रायमाझी छन्। उनी शनिबार राति ८ बजेतिर झुन्डिएको अवस्थामा भेटिएकी हुन्।

तर, आइतबार बिहानसम्म पनि उनको शव उठाइएको छैन। उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन नमानेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले जानकारी दिए।

  • १९ असार २०७९, आईतबार ०७:२६ मा प्रकाशित
  • Nabintech