२० असाेज २०७९, बिहीबार
विद्यार्थीले दले जनक शिक्षाका प्रबन्ध निर्देशक झालाई मोसो
  • मध्यमार्ग

काठमाडौं- जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशक अनिल झालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।

शुक्रबार नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले झालाई कालोमोसो दलेका हुन् ।

झालाई पुस्तक छपाइमा लापरबाही गरेको भन्दै कालोमोसो दलेको केन्द्रीय अध्यक्ष प्रकाश शाहीले जनाएका छन् ।

राजधानीसहित देशका विभिन्न विद्यालयहरुमा पाठ्यपुस्तकको चरम अभाव भएको भन्दै झालाई कालोमोसो दलिएको शाहीले बताए ।

  • १७ असार २०७९, शुक्रबार १५:४४ मा प्रकाशित
  • Nabintech