काठमाडौं- कलाकार राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार बिहान हमाल संगीतकार चेतन सापकोटासहित प्रचण्डलाई भेट्न बिहान उनको निवास खुमलटार पुगेका थिए ।
चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधुप चलिरहेको बेलाको यो भेटलाई अर्थपूर्ण रुपले हेरिएको छ । उनीहरुबीच के कुराकानी भयो भन्नेबारे चाहिँ खुलाइएको छैन ।
१७ असार २०७९, शुक्रबार १४:०६ मा प्रकाशित