१० मंसिर २०७९, शनिबार
​काठमाडौं महानगरभित्र भिक्षा माग्न नपाइने, मागे कारबाही गरिने
  • मध्यमार्ग

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरभित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न रोक लगाएको छ। महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक स्थानमा भिक्षा माग्न नपाइने उल्लेख गरेको छ।

सूचना अनुसार अब महानगरभित्रका सडक, सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र सवारीसाधनमा बसेर भिख माग्‍न पाइने छैन।

अब साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग सक्नेछन्। अथवा, कुनै धार्मिक या सांस्कृतिक कार्यमा भिक्षा माग्नेको हकमा भने यो नियम लागू हुने छैन।

असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गरिरहेको सूचनामा उल्लेख छ। त्यस्ता व्यक्तिले काठमाडौं महानगरपालिका वा मानव सेवा आश्रममा सम्पर्क गर्न भनिएको छ।

यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उल्लेखित सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य बन्द गरिनुपर्ने सूचनामा भनिएको छ।  सूचनाको उल्लंघन गरेमा मुलुकी अपराध संहिता २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानून बमोजिम कारबाही हुने महानगरले चेतावनी दिएको छ।

यस्तो छ महानगरको सूचना :

  • १७ असार २०७९, शुक्रबार ०९:४६ मा प्रकाशित
  • Nabintech