९ असाेज २०७९, आईतबार
स्थानीय निर्वाचनमा अब्बल काम गर्ने डीएसपी घिमिरेसहित ९ प्रहरीले पाए प्रशंसा पत्र
  • मध्यमार्ग

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिनेश घिमिरेसहित ९ प्रहरीलाई प्रशंसा पत्र प्रदान गरिएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक दुर्गा सिंहले उनीहरूलाई प्रशंसा पत्र प्रदान गरेकी हुन्। प्रशंसा पत्र पाउनेहरूमा डीएसपी घिमिरे, प्रहरी निरीक्षक रामकुमार लामिछाने, प्रहरी नायब निरीक्षक सुनिल पनेरु, प्रहरी सहायक निरीक्षक नविन्द्र दिप थापा रहेका छन्।

यस्तै, प्रहरी वरिष्ठ हवल्दार कमल कुँवर, प्रहरी जवान जनकराज शर्मा, प्रहरी जवान महेश दत्त वडु, प्रहरी जवान सजनी क्षेत्री र प्रहरी जवान सारङगा खड्काले पनि प्रशंसा पत्र पाएका छन्।

स्थानीय तह निर्वाचन २०७९ को सुरक्षा चुनौती, विश्लेषणको आधारमा विस्तृत सुरक्षा योजना तयार गरी जनशक्ती परिचालन, व्यवस्थापन र अनुगमनमा कुशल र व्यावसायिक क्षमता प्रदर्शन गरेको भन्दै उनीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको हो।

उपत्यकाको निर्वाचनलाई पूर्ण रुपमा शान्त पार्न उनीहरूले उल्लेखनीय भूमिका निर्वाह गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

  • १७ असार २०७९, शुक्रबार ०७:१२ मा प्रकाशित
  • Nabintech