राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना विज्ञ नियुक्त गरेकी छन। उनले इतिहासकार महेशराज पन्त वातावरणविद् कृष्णप्रसाद ओलीलाई विज्ञ नियुक्त गरेकी हुन्।
भण्डारीले सोमबार यी दुई जनालाई विज्ञमा नियुक्त गरेकी हुन्। पन्तले इतिहास तथा पुरातत्व क्षेत्रका विषयमा सल्लाह र सुझाव दिनेछन्।
ओलीलाई वातावरणका क्षेत्रमा सुझाव र सल्लाह दिनेगरि विज्ञ नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताएका छन्।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका -१५ निवासी डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्र र काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका -४ निवासी डा. कृष्णप्रसाद ओलीलाई वातावरणका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

१६ फागुन २०७८, सोमबार १७:५० मा प्रकाशित