९ असाेज २०७९, आईतबार
सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपीका लागि सिफारिस
  • मध्यमार्ग

काठमाडौं– सशस्त्र प्रहरी बलका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस गरिएको छ।

बढुवा समितिको बिहीबारको निर्णय अनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्काले जनाएका छन्।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकले बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन भनेको छ।

बढुवा सिफारिस हुनेमा रामेस्वर श्रेष्ठ, छबिलाल रावत, राजन विक्रम कार्की, धनबहादुर राना मगर, विलबहादुर फोजु, प्रमोद राय, नरेश कुमार खड्का लगायत छन्।

यस्तो छ सूची:

  • १७ असार २०७९, शुक्रबार ०६:५१ मा प्रकाशित
  • Nabintech