१७ असाेज २०७९, सोमबार
बाल यौन दुराचारको अभियोगमा सर्वनाम शिक्षालयका शिक्षक बस्नेत जेल चलान
  • मध्यमार्ग

काठमाडौं– बाल यौन दुराचारको अभियोग लागेका गोकर्णेश्वर नगरपालिका–६ शान्ति टोलको सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टल वार्डेन रामजी बस्नेत जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतको आदेशपछि उनलाई बिहीबार जेल चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

थुनछेक बहसपछि उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै अदालतले पुर्पक्षका थुनामा पठाउने आदेश गरेको हो। जिल्ला न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले बस्नेतलाई थुनामा पठाउने आदेश गरेको थियो। त्यसपछि प्रहरीले उनलाई डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी दिनेशराज मैनालीले जानकारी दिए।

होस्टल वार्डेनका रुपमा खटिएका बस्नेत बाल यौन दुराचारको आरोप लागेपछि फरार भएका थिए। प्रहरीले उनलाई जेठ २२ गते रामेछापबाट पक्राउ गरेको थियो।

सर्वनाम शिक्षालयमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया, कक्षा ७ मा अध्ययनरत १२ वर्षीया र कक्षा ८ मा अध्ययनरत १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो।

  • १६ असार २०७९, बिहीबार २०:४५ मा प्रकाशित
  • Nabintech