९ असाेज २०७९, आईतबार
साताको अन्तिम कारोबार दिन सेयर बजारमा उछाल
  • मध्यमार्ग

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उछाल आएको छ।

बजार मापन गर्ने सूचक ७४.९३ अंकले बढेर परिसूचक २०३७.६४ बिन्दुमा रोकिएको छ। बिहीबार इन्डेक्स र कारोबार रकम दुवै बढेको छ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.६३ अंकले बढेर ३९१.७८ बिन्दुमा रोकिएको छ।

२२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको सेयर किनबेच भएको छ। कारोबारमा सबै समूहको उपसूचकमा सुधार आएको नेप्सेले जनाएको छ।

बिहीबारको कारोबारमा दर्जन कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकममा शिवम सिमेन्ट अग्रस्थानमा छ। शिवमको ९ करोड ९५ लाख २० हजार ६३० रुपैयाँको सेयर किनबेच भएको छ।

दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी र एशियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छन्।

नेप्सेका अनुसार बिहीबार नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत कम्पनी र ङादी हाइड्रोको शेयर मूल्य १०–१० प्रतिशतले बढेको छ भने अरु १२ वटा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ।

नेप्सेमा सूचीकृत कम्पनी मध्ये ६ वटाको सेयर मूल्यमात्रै घटेको छ। बिहीबार सबैभन्दा बढी ग्लोबल आइएमई बैंकका लगानीकर्ताले ३.८९ प्रतिशतले घाटा व्यहोरेका छन्।

  • १६ असार २०७९, बिहीबार १६:५९ मा प्रकाशित
  • Nabintech