२० असाेज २०७९, बिहीबार
कांग्रेस उपसभापति गुरुङ भन्छन्– ठूलो घटना हुनबाट जोगियो
  • मध्यमार्ग

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ठूलो दुर्घटना हुनबाट जोगिएको बताएका छन्।

बिहीबार बिहान आफू चढेको बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी रामेछापको गोगनेमा ठूलो दुर्घटनाबाट जोगिएको गुरुङले बताएका छन्। उक्त गाडी सडकबाट चिप्लिएर डिलतिर पुगेको थियो।

तर, अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको गुरुङले जानकारी दिएका छन्। उनले आफूलगायत त्यसमा सवार सबै सकुशल रहेको जानकारी पनि दिएका छन्।

‘ठूलो घटना हुनबाट जोगियो ! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो। भगवानको कृपाले हामी सबै सकुशल छौं’, गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

  • १६ असार २०७९, बिहीबार ०९:५३ मा प्रकाशित
  • Nabintech