१७ असाेज २०७९, सोमबार
रात्रिकालीन फोटोग्राफीमा ओप्पोको कमाल
  • मध्यमार्ग

काठमाडौं– ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित गरेको छ। जसमा रात्रिकालिन समयमा प्राकृतिक रुपमा उत्कृष्ट फोटोहरु खिचिन्छ। रातमा उत्कृष्ट क्षणहरू क्यामेरामा कैद गर्नु धेरैजसो स्मार्ट फोनहरूको लागि चुनौती हो।

समयमा फोटोहरु ग्रेनी डार्क स्पोट, हाइलाईट्स र वास आउटबीच हराउँछन्। नयाँ फाइन्ड एक्स फाइभ सिरिजको हाई–टेक ४ के अल्ट्रा नाइट भिडियो र ५० एमपीवाईड र अल्ट्रा–वाइड एङ्गल क्यामरा, बिलियन कलर डिस्प्लेको साथमा, कुनै पनि प्रकाशमा अविष्मरणीय वा एसपिरेसनल अवसरहरू रेकर्ड गर्न यो स्मार्टफोनले सक्षम बनाएको छ।

डिज्नील्याण्ड पेरिसमा आतिशबाजीको प्राकृतिक, तिखो रङ्गहरु फोटोमा कैद
सपना, चमक, उर्जा र उज्यालो यीशब्दहरू डिज्नील्याण्ड पेरिसको ३०औं वार्षिकोत्सवको अन्तरनिहित अवधारणा हो। यही अवधारणा ओप्पो फाइन्ड एक्स फाइभ सिरिजमा पनि लागू हुन्छन्, त्यसैले ओप्पोले ईन्फ्लुअन्सरहरुलाई उत्सवको अनुभव गर्न र यस अविष्मरणीय क्षणलाई आफ्नो क्यामेरा मार्फत कैद गर्न पेरिस बोलाएको थियो।

ओप्पो फाइन्ड एक्स फाइभले डिज्नील्याण्ड पेरिसका गेस्टहरुलाई उत्कृष्ट सम्झनाहरू खिच्न र प्रतिष्ठित लाइट शो सुटिङ गर्दा पनि अस्पष्ट, धमिलो वाग्रेनी इमेजहरुको सट्टा प्राकृतिक तिखो र रंगीविरंगी फोटो खिच्न मद्दत गरेको छन्।

ओप्पो फाइन्ड एक्स फाइभ प्रोले वार्षिक उत्सवका तामझाम, आतिशबाजी, ड्रोनद्वारा प्रक्षेपण गरेकाफोटो तथा भिडियोहरु तथा जोशिला सङ्गीतको अपत्यारिलो किसिममको प्राकृतिक र तीखो रङ्गहरुमा कैद गरेका छन्।

ओप्पो ग्लोबल मार्केटिङका अध्यक्ष विलियम लिउले भने ‘ओप्पो फाइन्ड एक्स फाइभ प्रोले यस डिज्नील्याण्ड पेरिसको ३०औँ वार्षिकोत्सवका क्षणहरु यति राम्रो र अविष्मरणीय रुपमा फोटो तथा भिडियोकोमार्फत् लिइएको छ कि अब यसले रात्रिकालिन फोटो तथा भिडियो सुट गर्न पनि मान्छेहरुलाई प्रेरित गर्नेछ।’

  • १६ असार २०७९, बिहीबार ०८:४१ मा प्रकाशित
  • Nabintech