२० असाेज २०७९, बिहीबार
यस्तो देखियो केकी र आँचलको ‘झिँगेदाउ’को टाइटल टिजर
  • मध्यमार्ग

काठमाडौं– केकी अधिकारी र आँचल शर्माको मुख्य अभिनय रहेको फिल्म ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक भएको छ।

फिल्मको टिजरमा सिक्का र झिँगामार्फत प्रतिकात्मक शैलीमा फिल्मको कथावस्तुलाई प्रस्तुत गर्न खोजिरहेको छ। घुमिरहेको एक सिक्कामाथि झिँगा बसेको दृश्य टाइटल टिजरमा देखाइएको छ।

फिल्ममा केकी र आँचलसँगै मुकुन्द भुषाल, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयान खड्का तथा अभय राज बरालको अभिनय रहेको छ। फिल्ममार्फत् कुसल विष्टले डेब्यु गर्दैछन्।

भिमनिधि तिवारीको कथामाथि आधारित रहेको फिल्मको पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका छन्। सुलप प्रतिक देउवा र समिक्षा देउजाको लगानीमा बनेको फिलमलाई मदन कश्यो घिमिरेले खिचेका छन्।

फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन्। फिल्म आगामी भदौ १७ गतेदेखि प्रदर्शनमा आउनेछ।

  • १६ असार २०७९, बिहीबार ०७:५९ मा प्रकाशित
  • Nabintech