२० असाेज २०७९, बिहीबार
सुरक्षाको ‘बुलाकी’ कात्तिक १८ मा
  • मध्यमार्ग

काठमाडौं– अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को प्रदर्शन मिति सार्वजनिक भएको छ।

फिल्मको निर्माण पक्षले फिल्म आगामी कात्तिक १८ गते प्रदर्शन हुने जनाएको छ।

‘रेलको बाटो’ बोलको गीतको भिडियो निर्देशन गरेका निर्देशक लक्ष्मण सुनारले यो फिल्मलाई निर्देशन गरेका छन्।

फिल्ममा सुरक्षासँगै अभिनेता नरेन खड्का र विराज विष्टको पनि अभिनय रहेको छ। टोपेन्द्र विष्टको निर्माणमा बनेको फिल्मलाई काठमाडौं उपत्यकामा गोपाल कायस्थ र काठमाडौं बाहिर ‘एफडी’ कम्पनीले वितरण गर्नेछ।

राज बहादुर साने, लक्ष्मण सुनार, निर्मल पौडेल र विराज विष्टको पटकथा तथा संवाद रहेको फिल्मको कथा भने राज बहादुर सानेको रहेको छ।

  • १६ असार २०७९, बिहीबार ०७:३१ मा प्रकाशित
  • Nabintech